Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन ८ गते ।

‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण फागुन १० गतेबाट शुरू हुने भएको छ।

नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव १२ फागुनसम्म राम मन्दिर पार्कमा आयोजन हुनेछ ।

तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १८ वटा ओपन–एयर प्यानल छलफल हुनेछ ।

जसमा ‘चाहियो रंगशाला’, ‘किताबउपर समिक्षा’, ‘कसरी हुन्छ निर्णयरु’, ‘नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ‘शिक्षाको नयाँ आवश्यकता र परिभाषा’, ‘मधेशको श्रम यात्रा’ विषयमा विमर्श हुनेछ।

जनकपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो।

महोत्सवको उद्घाटन फागुन १० गते दिउँसो २:३० बजेदेखि राम मन्दिरको पार्कमा हुने फाउन्डेस्नका अध्यक्ष अमित साहले बताए।

तीने दिवसिय महोत्सवको तेस्रो दिन फागुन १२ गते ‘बोल्ने स्वतन्त्रत’, ‘संस्कृतिक सम्बन्धको डोरी’, ‘मौन चित्कार’ र ‘संघीयतास् गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता शिर्षकमा समेत वृहत छलफल हुने फाउन्डेस्नका उपाध्यक्ष आदित्य नेपालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!