Skip to main content

सामाजिक फीड,

एजेन्सी । पपुवा न्यू गिनीमा भएको जातीय हिंसामा ६४ जनाको मृत्यु भएको छ । आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला पारेको एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले पुष्टि गरेको हो । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् ।

रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एङ्गामा देखेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामुहिक हिंसा हो ।’ सन् २०२३ मा ६० जनाभन्दा बढीको ज्यान लिने आदिवासी समुदायको लडाइँ यही जनजातिसँग सम्बन्धित रहेको बुझिएको छ ।

बढ्दो जनजातीय द्वन्द्व नियन्त्रणका लागि एङ्गा प्रान्तमा सन् २०२२ मा केही महिनाका लागि लकडाउन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *