सामाजिक फीड
जनकपुरधाम , फागुन ६ गते ।
रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको समय थपएको छ ।
ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए ।
कर्फ्यू अवधिमै उच्छृङ्खला गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ ।