सामाजिक फीड-
जनकपुरधाम, फागुन ५ गते ।
महोत्तरीको सम्सी गाउँपालिका २ परसा देवाडमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडपमा तीनजना घाइते भएका छन् ।
झडप नियन्त्रणमा लिन महोत्तरी प्रहरीले चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्सी गाउँपालिका १ परसा देवाडमा महावीर झण्डा मेलाको कलश यात्राको क्रममा वडा नं. २ स्थित नुरी मस्जिद नजिक झडप भएको हो ।
झडपमा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।