Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जाकपुरधाम, फागुन १ गते

धनुषाको नापी कार्यालयमा एक सेवाग्राहीमाथि दुर्व्यवहार भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका -१३ सेवाग्राही प्रकाश सहमाथि दुर्व्यवहार भएको हो ।

मेडिकल अफिसर समेत रहेका सेवाग्राही साहले भने आफूमाथि कुटपिट नै भएको दावी गरेका छन् ।

आज बिहान साढे १० बजे कार्यालयमा नक्साको कामका लागि पुगेको बेला कार्यालयका कर्मचारीहरु नागेन्द्र यादव, ज्ञानकुमार यादव र बिमलेश मिश्र लगायतले आफूमाथि कुटपिटसंगै दुर्ववहार गरेको पीडित साहको दाबी छ ।
‘ सोमबार पनि कार्यालय पुगेको थिएँ । काम नभएर फर्के । आज बिहान १० बजे नै पुगेर नक्सा लिने प्रक्रियामा पुगेको थिएँ’ पीडित साहले भने ‘कर्मचारीहरुले आज काम गर्ने कर्मचारी नआएकाले अर्को दिन आउन भन्यो । मैले हिजो र आज पनि काम भएन । त्यसपछि कर्मचारी जबसम्म त्यो कर्मचारी आउँदैन, काम हुँदैन । त्यहीबेला स्वीकृति लिएर उहाँहरुको भनाइ मोबाइलमा भिडियो लिन खोज्दा तीनैजना कर्मचारी झापट, मुक्काले हिर्काउँदै मोबाइल खोस्यो’

कुटपिटको आरोप लागेका कर्मचारी ज्ञानकमारले आफूले नकुटेको दावी गरे ।
कर्मचारी बिमलेश मिश्रले बिना स्वीकृति भिडियो मोबाइलमा खिच्दा खोसेर डिलिट गरेको स्वीकारे । तर, कुटपिट नगरेको उनले दाबी गरे ।

कार्यालय निमित्त प्रमुख कामेश्वर राउतले कार्यालयमा मोबाइल खोसाखोसमा धक्काधुक्की मात्रै भएको स्वीकारे । उनले धकेलाधकेल हुँदा छुटाएको पनि बताए ।

आफूमाथि कुटपिट तथा दुर्ववहार गर्ने कर्मचारीमाथिको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषाले दर्ता नगरेको पीडितले गुनासो गरे । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले उजुरी आउँदा कार्यालय प्रमुखसंग बुझेपछि समान्य बिबाद मात्र भएको भनेपछि उतै गएर उजुरी दिन भनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!