एजेन्सी
जनकपुरधाम, फागुन १ गते ।
दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।
मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका छन् ।
गत सोमबार मात्रै एक दर्जनभन्दा बढी शव निकालिएको थियो भने खानी मजदुर र गाउँलेसहित ५१ जना अझै बेपत्ता रहेको नगरपालिका सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।
‘घटना भएको करिब एक हप्ता बितिसकेको छ, र हामी त्यहाँ कोही पनि जीवित छैन भनेर अनुमान गरिरहेका छौं,’ डाभाओ डे ओरो प्रान्तीय प्रकोप कार्यालयका प्रवक्ता एडवर्ड म्याकापिलीले भने ।
उनका अनुसार ५० मिटर गहिरो क्षेत्रमा खोजी हुन बाँकी रहेको छ ।
शुक्रबार एक तीन वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो, जसलाई उद्धारकर्ताहरूले ‘चमत्कार’ भनेका थिए ।
पहिरोले ३२ जना घाइते भएका छन् भने ५५ घर, तीनवटा बस र एउटा जीप, एउटा सुन खानी फर्मका कर्मचारीलाई पर्खिरहेको मिनीबस पुरिएको छ ।