Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २९ गते ।

सिरहाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार यादव र उनको बहिनी संजिता यादवसंग विवाद गर्न पुगेका सरोजलाई प्रहरीले पक्राउ गरेको हो ।

जानकारी पाउने बितिकै पुगेको प्रहरीले सरोजको शरीर खानतलासी गर्दा लुकाइ राखेको कटुवा पेस्तोल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!