समाजिक फीड
जनकपुरधाम, माघ २८ गते ।
बलात्कार अभियोगमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका एक कैदी मृत फेला परेका छन् ।
आइतवार विहान सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् ।
कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको राजविराज कारागारले जनाएको छ ।
१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको मण्डलमाथि अभियोग छ ।
उनलाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो ।
मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
Hamro vayo astai hunu parxa….