Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २८ गते ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास, महोत्तरीमा ५६ जनाले रक्तदान गरेका छन् ।

ब्लड फर नेपालले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जना महिला समेत गरि ५६ जनाले रक्तदान गरेका हुन् ।

ब्लड फर नेपालले रगत व्यवस्थापनमा देशभरी काम गर्दै आएको छ ।

१८ वर्ष पुरा भएका रक्तदाताले उत्साहपुर्वक रक्तदान गरेको कार्यक्रम संयोजन गरेका इन्द्रिजित महतोले बताए ।

रक्तदान कार्यक्रममा बोल्दै नगर प्रमुख प्रह्लाद क्षेत्रीले भनगरबासीका लागि नगरपालिकाले बर्दिवास रेडक्रस सोसाईटि मार्फत नि : शुल्क रगत लिन सक्ने व्यवस्था छ रहेको जानकारी दिए ।

बर्दिवास अस्पतालमा छिटै रक्तसंचार केन्द्रको व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए ।

ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतोले ‘रगतका कुरा’ सबैतीर लागु हुनुपर्ने बताए ।

‘देशमा हरेका पालिकाले नि : शुल्क रगतको व्यवस्था गर्नुपर्छ । साथै देशमा रगत सहजै उपलब्धताका लागि आवश्यक निति नियम बनाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा संघीय सांसद लक्ष्मी महतो, एमाले नेता शंकर महतो लगायतका व्यक्तिहरु समेत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!