समाजिक फीड
जनकपुरधाम, माघ २६ गते ।
महोत्तरीमा बालिकालाई अपहरण गरेर बलात्कार गरेको लुटेरा समुहका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रेश विज्ञप्ती जारी गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।
घटनामा चारजना संलग्न रहेपनि एकजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र खड्काले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अंसारी र भारत विहार राज्यको सितामढी ग्राम पंचायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अंसारी रहेका छन् ।
पक्राउ परेकाहरुलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खड्काले बताए ।
सम्सी गाउँपालिका–१ स्थित मामा घर बस्दै आएकी ती बालिकालाई चार जनाको समुहमा रहेका लुटेरा समुहले गत माघ २२ गते राति डेढ बजे आमा लाई घरमा थुनेर बालिकालाई घरबाट डेढ किलोमिटर टाढा बाँस घारीमा लगेर बलात्कार गरेका थिए ।
फरार भएका घटनाका एकजना आरोपीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।