Samajik Feed – News Portal from Nepal

समाजिक फीड

कपिलवस्तु, माघ २६ गते ।

सामुहिक बलात्कार गरेर फरार भएका एकजनालाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ ।

मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार उनले बलात्कार गरेर भिडियो समेत सार्वजनिक गरेका थिए ।

२०७२ माघ २६ गते उक्त बलात्कारको घटना भएको थियो । उक्त घटनामा धरौटीमा रिहा भएका केवट अदालतको फैसलापछि फरार भएका थिए ।

कपिलवस्तु जिल्ला अदालतले २०७५ सालमा घटनामा संलग्न पाँच जनालाई दोसी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवानाको फैसला सुनाएको थियो ।

मायादेवी गाउँपालिका पकडीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई अदालतले दोसी ठहर गरेको थियो ।

तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई कैद सजाय सुनाएको थियो ।

भारत घर भइ मामाघर बस्दैआएकी किशोरीलाई प्रेमी रसिदले बोलाइ सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि कुटपिट गर्दै नग्न भिडियो बनाई सार्वजनिक गरिएको थियो ।

पकडी बजार र आसपासको क्षेत्रमा भिडियो भाइरल भएपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । भाइरल भिडियोको आधारमा प्रहरीले घटनाको चार दिनपछि अनुसन्धान सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!