समाजिक फीड
जनकपुरधाम, माघ २६ गते ।
महोत्तरीको सम्सीमा लुटेरा समुहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
सम्सी गाउँपालिका–२ स्थित पर्सा टोलमा मामा घर बस्दै आएकी ती बालिकालाई चार जनाको समुहमा रहेका लुटेरा समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार गत माघ २२ गते राति २ बजे आमा र हजुरआमालाई घरमा थुनेर लुटेराले बालिकालाई घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेका थिए ।
घटनामा संलग्न रहेको आशंकामा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार घटनबारे थप अनुसन्धान भइरहेको छ । लुटेरा समुहले स्थानीय सुरेन्द्र चौधरीको घरमा समेत लुटपाट गरेका थिए ।
शुक्रवार बेलुकी यस घटनाको विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए ।