समाजिक फीड
जनकपुरधाम, माघ २६ गते ।
चोरी गरेर फरार भएका एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको करैयामाइ गाउँपालिका–१ स्थित मधुवन बस्ने मञ्जय सहनी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार चोरी मुद्दामा उनलाई १३ हजार ८३३ रुपैँया जरिवाना तोकिएको छ ।
मधुवन प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले उनलाई बिहीवार पक्राउ गरेको थियो ।
चोरी गरेर फरार भइ लुकिछिपी बसिरहेको अवस्थामा सहनीलाई फेला पारि पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।