Samajik Feed – News Portal from Nepal

समाजिक फीड

वीरगञ्ज, माघ २६ गते ।

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले जथाभावी फोहर फ्याँक्नेहरुमाथि धमाधम कारबाही गरिरहेको छ ।

फोहोर फाल्नेहरुलाई कारबाही गरेर गत ६ महिनामा महानगरपालिकाले साढे २४ लाख रुपैयाँ जरिवाना अशुलेको छ ।

सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँका अनुसार जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरिको हो ।

घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरुको प्रवृत्तिलाई निरुत्साहित गर्न फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेको उनको भनाइ छ ।

यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने समेत महानगरपालिकाले योजना बनाएको छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।

विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरकारुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!