Skip to main content

समाजिक फीड

जनकपुरधाम, माघ २५ गते ।

बारा प्रहरीले नक्कली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ ।

एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेका पाँचै जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १० का विशाल कुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्वत, वाराको परवानिपुर गाउँपालिका– ५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल,र सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी ४४ वर्षीय रामचन्द्र महतो कोइरी रहेका छन्।

विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।

नक्कली नोटसँगै उनीहरुका साथबाट भारतीय सीमकार्ड र ७ थान मोबाइल बराममद भएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *