सामाजिक फीड-
जनकपुरधाम, माघ २३ गते ।
रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा एक पत्रकारमाथि निर्घात कुटपिट भएको छ । मंगलबार समचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन् ।
किसानले लगेको १०० क्विन्टल उँखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि आन्दोलनमा उत्रिएका किसानको समाचार संकलनमा पुगेको बेला सञ्चालक अजय प्रकाशकै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताए ।
आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ । कुटपिटबाट
घाइते भएका पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।