समाजिक फिड
जनकपुरधाम, माघ २३ गते ।
सर्लाहीमा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ ।
घरमा कोही नभएको मौका छोपेर ४९ वर्षीय पुरुषले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार आरोपमा प्रहरीले हरिपुर नगरपालिका–७ चिताइनका ४९ वर्षीय सिकिन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गएको शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर चौधरीले पीडित बालिकाको घरमै गएर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले बताए ।
उनका अनुसार चौधरीलाई १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
बालिकाले टीभीको रिमोट बिग्रिएको भन्दै बनाउन बोलाएपछि चौधरी बालिकाको घरमा पुगेका थिए। घरमा कोही नभएको थाहा पाएपछि उनले बालिकालाई जबर्जस्ती करणी गरेका प्रहरीको भनाई छ।
पक्राउ परेका चौधरी श्रीमती र छोराछोरी भएका व्यक्ति हुन्।