सामाजिक फीड
जनकपुरधाम , माघ २२ गते ।
छ महिनामै मधेश प्रदेशमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका छन। चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनामा साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटना भएको छ ।
जसमा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्ष मुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्र बेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ ।