Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ २२ गते ।

लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका जनकपुरका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए ।

गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका(९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।

यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!