Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज दिउँसो २ बजेसम्मका लागि बजार बन्द गराएका छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघको आह्वनमा आज बिहानैदेखि बजार, उद्योग र व्यवसाय बन्द छ ।

बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय साह सोनार र संजय साह सोनारलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो । विभागले बिहीबार उनीहरूलाई धरौटीमा रिहा गरेको थियो । ।

प्रहरीले जथाभावी व्यवसायीलाई बदनाम गर्न यसो गरेको भन्दै व्यवसायीहरु आक्रोशित बनेका छन् ।
प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित व्यवसायीइले आइतबार दिउँसो २ बजेसम्म बजार बन्द गर्दै मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!