Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १९ गते ।

सिरहाबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् ।

लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त टोलीले उनीहरुलाई पकाउ गरेको हो ।

उनीहरुको साथबाट लागूऔषध प्रतिबन्धित कोडबिल १५ बोतल, Wixdin १०० ml को ६५ बोतल, डाईजाफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल, नुरफ्रेन ६ एम्पुल प्रहरीले बरामद गरेको छ । साथ‌ै नगद १ लाख ३९ हजार बरामद गरि थप अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!