समाजिक फीड
जनकपुरधाम , माघ १८ गते ।
नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो।
बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।
सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो।
बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।