सामाजिक फीड-
जनकपुरधाम, माघ १८ गते ।
केही वर्षयता बाँदर आतंकले पीडित धनुषाको बटेश्वर गाउँपालिका –१ चित्रपुरका बासिन्दालाई केही राहत भएको छ । वडा नं. १ कार्यालयले भारतको मथुराबाट अनुभवी तनजनाको टोलि बोलाएर बाँदर धपाउने अभियान थालेपछि स्थानीयलाई राहत भएको छ ।
एक महिनाको अन्तरालमा करिब ५ सय बाँदर समातेर जंगलमा छाडिएको वडाध्यक्ष अशोक कुमार महतोले बताए ।
मथुराबाट आएका तीनैजनाले बाँदरलाई पिजरामा समातेर गाडीमा राखेर रातिको समयमा टाढा चुरे जंगल लगेर जाडिने गरिएको छ ।
बाँदर समात्न पहिला केरा, मुमफली, चना लगायतको खानेकुरा दिएर लोभ्याइन्छ । बाँदर लोभिएपछि पिंजराहरु राखेर त्यसमा फलफुल दिन्छन् । भित्र पसेपछि बाँदरलाई बन्द गरिन्छ । त्यसपछि गाडीमा राखेर उनीहरुलाई जंगलको सुरक्षित स्थानमा छोडिने गरिएको बाँदर समात्ने मथुराका भुला कुसेरीले बताए ।
‘पहिले फुलफुल खानेकुरा दिएर लोभ्याउँछौं । अनि पिंजरा थपेर समात्छौं । यसरी समात्दा र गाडीमा राखेर सुरक्षित जंगलमा छाड्दा उनीहरुलाई कुनै प्रकारको क्षति हुँदैन’ उनले भने ।
बारीझारी तथा घना रुखबिरुवाको कारण चित्रपुर गाउँमा केहीवर्षयता बाँदर पसेर आतंक मच्चाएका छन् । खेतवारीमा तरकारी, फलफुल जस्ता बालीनालीमा क्षति गर्नुको साथै घरमा पसेर समेत अन्नपात खाना खाइदिने गरेका छन् । बाँदरको यो आतंकबाट पीडित स्थानीय नियन्त्रणको लागि पालिकालाई दबाब दिँदै आएको थियो । त्यसपछि वडा कार्यालयले भारतको मथुरबाट अनुभवी मान्छे बोलाएर बाँदर धपाइरहेका छन् । अब करिब एक दर्जनको संख्यामा मात्र बाँदर रहेको वडाध्यक्ष महतो बताउँछन् ।
गाउँपालिकाको पाँच लाख बजेटबाट बाँदर धपाउने काम भएको र यस भेगका किसानको लागि ठूलो राहत महसुस गरेको वडाध्यक्ष महतोले बताए ।
यधपी निलगाइको आतंक भने काययमै रहेकाले बालिनालीमा क्षति पुर्याउने गरेको गुनासो स्थानीयको छ । बाँदर जस्तै निलगा धपाउन नसकिने भएकाले सरकारले नियन्त्रण गर्न वा मार्न पाउनुपर्ने स्थानीयको माग छ ।