Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १८ गते ।

सर्लाहीको बलरामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।

मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
घटना पश्चात उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएका छन् ।

मृतक पूजा देवीको घाँटीमा डाम देखिएकाले घटना शंकास्पद रहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए ।

घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!