समाजिक फीड
जनकपुरधाम, माघ १७ गते ।
राजश्व अनुसन्धान विभागले जनकपुरबाट चारजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बलराम ज्वेलर्सका संचालक बलराम साहसहित चारजना छन् ।
राजश्व छलेको आशंकामा उनीहरुलाई पक्राउ गरेको राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बाराले जनाएको छ ।
विभागले सिरहाको मिर्चैयाबाट समेत एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ गरेको विरोधमा जानकी मन्दिर स्थित सोनारपट्टी बजारमा व्यवसायीले पसल बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।