समापजक फीड
जनकपुरधाम , माघ १७ गते ।
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना बालकको मृत्यु भएको छ ।
कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकमा राखेको पोलको रडमा छेडिएर बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान घरबाट पढ्न जाने बेलामा गोले दौडेर पोलमा राखिएको छडमा छेडिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।
उनका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा ५ कक्षामा मा अध्ययनरत थिए ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।