Samajik Feed – News Portal from Nepal


समाजिक फीड
जनकपुरधाम , माघ १७ गते ।


जनकपुरधाम उपमहानगरपालिकाले अन्तरगृह परिक्रमा सडक क्षेत्रभित्र पशुपन्छिको बध तथा माछा, मासु र अण्डा खरिद विक्रीमा रोक लगाएको छ ।


उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माघ १४ गतेदेखि नै लागु हुने गरि कुनै पनि पशुपन्छिको बध तथा माछा, मासु र अण्डा खरिद विक्री वितरण एवं मदिरा सेवन र विक्री वितरणमा रोक लगाएको हो।

मेयर मनोज साहद्वारा जारी सूचनामा भनिएको छ, ‘सदियौ देखि चली आएको परम्परा र पवत्रता कायम गर्नुपर्ने भएकोले जनकपुरधाम उपमहानगरपालिकाको अन्तरगृह परिक्रमा सडक र सो क्षेत्रभित्र मिति २०८०\१०\१४ गतेदेखि नै लागु हुनेगरि कुनै पनि पशुपन्छि बध तथा माछा, मासु र अण्डा खरिदविक्री वितरण एवं मदिरा सेवन\बिक्री वितरण लगायतका कार्यहरु नगरीदिनुहुन यस उपमहानगरपालिका स्थित सबै सरोकारबाला व्यवसायीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।’


मेयर साहले सूचनाको अटेर गरेमा नियमानुसार कारवाही हुने चेतावनी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!