Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १७ गते ।

सिरहाको हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु भएको छ । नरहा गाउँपालिका–२ स्थित कर्जन्हा नगरपालिका–११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको सुतेकै स्थानमा मृत्यु भएको हो ।

उँखु लोड गरिएको ट्याक्टर लिएर सोमबार साँझ ९ बजे उनी उद्योगमा आएका थिए । काँटाका लागि ट्याक्टर लाइनमा हालेर उद्योग परिसरमै रहेको खुल्ला टहरोमा सुत्न गएका उनी मंगलबार बिहान मृत भेटिएका हुन् । चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवार र आफन्तले बताएका छन् ।

उद्योगले बस्नका लागि प्रबन्ध नगरिदिँदा उनको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको भन्दै आफन्त र स्थानीयबासी मंगलबार बिहान आन्दोलित भएका थिए । उनीहरुले क्षतिपूर्ति पाउनुपर्ने र परिवारका एक जना सदस्यले रोजगार पाउनुपर्ने माग माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!