सामाजिक फीड-
जनकपुरधाम, माघ १६ गते ।
हेल्प मधेशी संस्थाले जनकपुरधाम स्थित सदगुरु कबिर बाल वात्सल्य आश्रमलाई आर्थिक सहयोग गरेको छ । विदेशमा रहेका नेपालीहरुको संस्था हेल्प मधेशीले आश्रमलाई ३६ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
नेपालका केन्द्रीय अध्यक्ष राकेश राई र हेल्प मधेशी मलेशियाका केन्द्रिय पूर्व सचिव राजेन्द्र कुमार यादव बाल आश्रममै पुगेर ३६ हजार रुपैयाँको चेक आश्रम संचालक सत्यनारायण आलोकलाई हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष कमलदेव साहले बताए ।
हेल्प मधेशी विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरी विदेश तथा स्वदेशमा रहेका दुखीपीडित नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।