समाजिक फीड
जनकपुरधाम, , फागुन १६ गते ।
धनुषामा खानामा विष मिलाएर हत्या गरेको अभियोगमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमला नगरपालिका ६ स्थित सखुवामडान बस्ने ५४ वर्षीय मोहन साह कानुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार कानुलाई घटनाको २३ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
कानुले विष मिलाएर दिएको खाना स्थानीय बुधनी देवीको मृत्यु भएको थियो । घटनापछि उनले बुधनीको लास समेत बेपत्ता पारेर फरार भएका थिए ।
अनुसन्धानको सिलसिलामा खोज तलास गर्दै जाने क्रममा बिशेष सुचनाको आधारमा उनलाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी सिंग्याहीमडानबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटीएको प्रहरी टोलीले उनलाई यहीँको सखुवा बजारबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा दाखिला गरेको थियो ।
कानु विरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।