समाजिक फीड
जनकपुरधाम, माघ १५ गते ।
सर्लाहीमा पैसा लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ ।
सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी हरिवन नगरपालिका– ६ की ७७ वर्षीया शान्तमाया विकको मृत्यु भएको हो ।
सोमबार दिउँसो तीन बजेतिर हिरवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला अचालन उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए ।
उनका अनुसार भत्ता लिने लाइनमा बसेको बेला उनी अकस्मात ढलेकी थिइन्। तत्कालै उनलाई नजिकै रहेको स्वाभिमान अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको थियो ।
हृदयघातको कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्दपी यसबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर गिरीले बताए ।