समाजिक फीड
सर्लाही, माघ १५ गते ।
सर्लाहीबाट मोटरसाइकल चोरीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
हरिवन नगरपालिका–११ हलुवाई टोल बस्ने २८ वर्षीय भरत विकलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको पुस २८ गते पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने हरिवन–११ स्थित हरिवन बजारबाट मोटरसाइकल चोरी भएको थियो ।
पार्किङ गरी राखिएको ना ५० प ७७८५ नम्बरको उक्त मोटरसाइकल चोरी भएको निवेदन आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
मोटरसाइकल धनीले दिएको हुलिया र सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा मोटरसाइकलसहित दुई सातापछि विक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।
उनका अनुसार प्रहरीले विकलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।