Samajik Feed – News Portal from Nepal


समाजिक फीड


जनकपुरधाम , माघ १४ गते ।


सर्लाहीमा भिड नियन्त्रण गर्न प्रहरीले विशेष तालिमको आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र त्यस मातहतमा कार्यरत प्रहरी बरिष्ट हबल्दार, प्रहरी हबल्दार, प्रहरी जवानलाई ६ दिने भिड नियन्त्रण विशेष तालिम दिन सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।


जिल्लामा विभिन्न आन्दोलनहरु हुँदा पछिल्लो समय प्रहरीले चलाएको गोलीका कारण आन्दोलनकारीहरुले ज्यान गुमाउने गरेका छन् ।

केही साता अघि मात्र अस्पताल स्तरोन्नतीको विषयलाई लिएर आन्दोलन हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।


मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको आदेशानुसार प्रहरी बरिष्ट हबल्दारदेखि जवानसम्मलाई लक्षित गरि विशेष अनुशिक्षण कार्यक्रम (घुम्ती प्रशिक्षण) अन्तर्गत ६ दिने भिड नियन्त्रण विशेष तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तालिममा ३५ जना कर्मचारीहरु रहेका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक प्रविण धितालको आतिथ्यमा आइतबारदेखि तालिम सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!