समाजिक फीड
जनकपुरधाम, माघ १४ गते ।
दोषी ठहर भएका दुईजना अपराधीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
चोरी तथा सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालत कैद सजाय भई फरार भएका २ जनालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेमा लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुर सिमरा ५ बस्ने सुनिल पासवान रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।
उनका अनुसार जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो ।
यसै गरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।