Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ १४ गते ।
आज देशभर ७१ औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो, कुष्ठरोग ।

स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी छन् ।

आर्थिक वर्ष २०८९/८० मा देशभर गरिएको अध्ययनमा मधेश प्रदेशमा मात्रै कुल कुष्ठरोगीको ३७ प्रतिशत रोगी छन् ।

अध्ययनमा दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको जसमध्ये ९४४ जना बिरामी मधेशका छन् ।

जिल्लागत हिसाँबले हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् ।

नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!