Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १३ गते ।

जनकपुरमा पार्किंग गरि राखेको एक अटो रिक्सामा आगजनी भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ मा हरिनन्दन कापरको अटो रिक्सामा गए राति अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।

सडक छेउमा पार्किंग गरि राखेको अटो रिक्सा बिहान उठ्दा जलेको अवस्थामा पाइएको छ । आगजनीले रिक्सामा धेरै क्षति पुगेको छ । केही महिना अघि मात्र उनले आफूले एक एक गरी जम्मा गरेको रकम, पैँचो र ऋण लिइ अटो रिक्सा किनेर जीवन यापन गर्दै आएका थिए ।

आगजानीपछि उनलाई परिवार संचालन गर्ने कठिनाइ भएको छ । दोषीलाई पत्ता लगाएर कारबाही तथा क्षतिपुर्ति उपलब्ध गराइदिन प्रहरीलगायत सबै पक्षसंग गुहार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!