समाजिक फीड
जनकपुरधाम, माघ १३ गते ।
सर्लाहीबाट स्रोत नखुलेको १० लाख रुपैँया सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बरहथवाबाट कारमा सवार भई भारततर्फ जाँदै चारैजनालाई गौडैता नगरपालिका-१२ स्थित लक्ष्मीचोकबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा कार चालक काठमाडौंको बागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पहलाद चापागाई, २७ वर्षीय सनम बस्नेत, ३६ वर्षीय शिव चापागाई र ४८ वर्षीय कृष्ण दहाल रहेका छन् ।
बाग्मती प्रदेश-०१-०२५ च १७९४ नम्बरको कार चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख ४५ हजार रुपैँया बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले बताए ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।