सामाजिक फीड-
जनकपुरधाम, माघ १२ गते ।
महोत्तरीको सोनमा गाउँपालिकामा एक कठा जग्गामा लुकार गरिएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
सोनमा गाउँपालिका ५ खैरवनी स्थित एक कठ्ठा मा लगाइएको गाँजा खेती प्रहरीले शुक्रबार फडानी गरेको हो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरवनी, महोत्तरीबाट ५ जनाको प्रहरी टोलीले गाँजाको ७५ वटा बोट फडाँनी गरी स्थानीय भद्र भलाद्मीको उपस्थितिमा नष्ट गरेको महोत्तरीका प्रहरी पवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।