सामाजिक फीड-
जनकपुरधाम, माघ १२ गते ।
सप्तरीबाट आठ किलो लागूऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका वडा न.६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादव छन् ।
दुबैजनालाई कञ्चनरुप नगरपालिका वडा न. ७ आदर्श टोलबाट ८ किलो गाँजासहित पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै युवकमाथि आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।