Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, माघ १२ गते ।

मधेश प्रदेश सरकारले जाडो छल्न उपलब्ध न्यानो कम्बल धनुषा जिल्ला विपद व्यवस्थापन समितीले विपन्न परिवारलाई वितरण गरेको छ ।

सबैला र गणेशमानचारनाथ नगरपालिकाको विभिन्न वडामा ३८६ गरिब तथा विपन्न परिवारलाई समितीले कम्बल बाँडेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

उनका अनुसार प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिलाई जम्मा २ हजार थान कम्बल वितरण गरेको थियो ।

त्यसबाट यसअघि गत माघ १० गते मिथिला नगरपालिका वडा नम्ब्र ९ र १० का १४३ परिवारलाई लालगढमा कम्बल वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!