समाजिक फीड
काठमाडौं, माघ १२ गते ।
लागुऔषध कारोबारीलाई थुनाबाट भगाएको आरोप लागेका पुर्वप्रहरी जवान वीरबल राय यादव पक्राउ परेका छन् ।
फरार भएर भारतमा बस्दै आएका उनलाई १६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो।
यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।
हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ आलमसँग यादवले भगाएको आरोप छ ।
\असरफसँग उनले १० लाख रुपैयाँ घुस लिएर भगाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेका थिए। पछि १० लाखमै भगाउने कुरा मिलेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए।