समाजिक फीड
बाँके, माघ १२ गते ।
घुस सहित सव डिभिजन वन कार्यालय बाँकेका एक कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
काठ चिरानका लागि सिफारिस गरिदिने भनेर उनले सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए ।
अख्तियारको टोलीले बिहीवार उनीसँग घुस रकम र स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए