सामाजिक फीड-
जनकपुरधाम, माघ १० गते ।
अयोध्यमा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा एक हजार एक साधुशन्तको भण्डारा सम्पन्न भएको छ । नेपाल सनातन धर्म संरक्षण समिति बटेश्वर गाउँपालिकाले एक हजार एक साधुशन्तको भण्डारा मंगलबार सम्पन्न गरेको हो ।
सोमबार राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बटेश्वर गाउँपालिका ४ बटेश्वर बजार स्थित सीताराम नामको २४ घण्टे जप समेत गरेको थियो ।
समितिका सदस्य रामपुकार महतोका अनुसार चन्दा संकलन गरी समितिले अष्टजामसहित साधुशन्तको भव्य भण्डारा आयोजन गरेको थियो ।
बटेश्वर गाउँपालिकमा स्थानीय रामचन्द्र कुशवाहा अध्यक्ष, बिन्दिलाल महतो कोषाध्यक्ष र महेन्द्र महतो सचिव रहेको सनातन धर्म संरक्षण समिति रहेको छ ।