समाजिक फीड
जनकपुरधाम, माघ ९ गते ।
दुई करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा फरकफरक भ्रष्टाचारको मुद्दा लगाएका बाराका तत्काली सहायक सिडियो शिवराज सेढाइले सफाइ पाएका हुन् ।
सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो।
सेढाई सहित तीनजना विरुद्ध अख्तियारले दुई छुट्टाछुट्टै मुद्दामा २ करोड २० लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७९ असार १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले मुद्दा दायर गरेको बेला सेढाई सहायक सीडीओ थिए। टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठलको सोमवारको संयुक्त इजलासले सेढाई सहितका व्यक्तिलाई सफाइ दिएको हो ।
सेढाईसहित ओम सप्लायर्स बाराका प्रोपाइटर ओमशंकर प्रसाद र उक्त सप्लार्यस विरुद्ध राजश्व चुहावट गरी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार गरेको दाबी सहित सोही बराबरको बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
त्यसैगरी सेढाई सहित न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मीराकुमारी श्रेष्ठ र उक्त कम्पनी विरुद्ध पनि राजश्व छली १ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो। दुवै मुद्दामा सेढाई र कम्पनीका प्रोपाइटर कम्पनीले सफाइ पाएका छन्।