सामाजिक फीड-
जनकपुरधाम, माघ ९ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार बस्तीका १० जनलाई नागरिकता प्रदान गरेको हो ।
विपन्नता र अशिक्षाको कारण लामो समयदेखि उनीहरु नागरिकताबाट बञ्चित थिए ।
बस्तीकै मोतिलाल सदा ४८ वर्षमा नागरिकता पाएका हुन् ।
उनीसंगै वस्तीकै अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनिता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दिपेन्द्र सदाले नागरिकता पाएका हुन् ।
प्रजिअ अधिकारी केहीदिन अघि सो वस्ती नजिक एक कार्यक्रममा जाँदा सुकुम्वासी वस्तीका उनीहरु लामोसमयदेखि नागरिकता नपाएको गुनासो गरेका थिए ।
कार्यालयमा जाँदा पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा बञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर उनीहरुलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दए ।
थप ७ जनालाई कानुनी प्रक्रिया पूरा गरी नागरिकता दिन बाँकी रहेको उनले बताए ।