Samajik Feed – News Portal from Nepal

भारत । भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको छ । जोयराइडका लागि गएको डुङ्गा गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा पल्टिएको हो ।

तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् ।

विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरूले बताएका छन् । डुङ्गाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तिनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!