Samajik Feed – News Portal from Nepal

एजेन्सी

जनकपुरधाम, माघ ६ गते ।

चीनमा एक विद्यालय छात्रावासमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ ।

मध्य चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा शुक्रवार राति आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घटनामा एक जना घाइते भएका छन् । हाल अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था स्थिर छ ।

स्थानीय अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको सिन्ह्वाले जनाएको छ ।

आगलागीको रिपोर्टपछि उद्धारकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए भने राति ११ः३८ बजे आगो नियन्त्रणमा आइसकेको थियो ।

गत नोभेम्बरमा उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला कम्पनीको कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौंलाई अस्पताल लगिएको थियो ।

गत अप्रिलमा बेइजिङको एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको थियो भने मानिसहरू झ्यालबाट हाम फालेरसमेत ज्यान जोगाउन बाध्य भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!