Skip to main content

समाजिक फीड

जनकपुरधाम, माघ ५ गते ।

रौतहटमा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते भएका छन् ।

बिहीवार साँझ गढीमाई नगरपालिका–७ का स्थानीय गोठालालाई घाँस काट्न गएका बेला उखु घारीबाट एक्कासि आएको बौलाहा स्यालले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६० वर्षीया तेतरी खातुनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल वीरगन्ज पठाइए छ ।

स्यालको टोकाबाट वडा नम्बर ७ का ७० वर्षीय महेन्द्र महतो, ४५ वर्षीय मन्तोरिया देवी, ४० वर्षीय जयबुल खातुन, १५ वर्षीय मनिषा कुमारी, ५५ वर्षीय उषा देवी, २७ वर्षीय रामाविनय बैठा ३५ वर्षीया दुखीया देवी, ३० वर्षीया बिना देवी, वर्षीय श्रवण कुमार, ७२ वर्षीया सिकीलावा देवी, ७० वर्षीय जयल मुखिया घाइते भएका हुन् ।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएपछि घाइतेहरु सबैलाई प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

उपचारपछि केही व्यक्ति घर समेत फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *