समाजिक फीड
जनकपुरधाम, माघ ४ गते ।
बारा प्रहरीले अबैध पोटास खाद सहित १३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
कर समबन्धी विवरण शंकास्पद देखिएपछि खाद बोकेर वीरगञ्जबाट राजविराज, विराटनगर, विर्तामोडतर्फ जाँदै गरेको ती ट्रकहरुलाई बाराको दुईवटा प्रहरी युनिटले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएको ५ हजार ४६० बोरा पोटास खाद ८७ लाख ३६ हजार रूपैया बराबरको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार जीतपुर सिमरा उप–महानगरपालिका–१ पथलैया चोकमा बुधवार १६० बोरा र बिहीवार ४२० बोरा खाद नियन्त्रणमा लिएको हो ।
ती सबै ट्रकलाई आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।