समाजिक फीड
जनकपुरधाम, माघ ४ गते ।
भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन वीरगञ्ज महानगरपालिकाभित्र मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाइएको छ ।
वीरगञ्ज महानगरले एक सूचना जारी गर्दै महानगरपालिकाभित्र पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको जनाएको छ ।
माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ।
यस्तै सोही दिन भारतको अयोद्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको पनि यी दुई कार्यक्रमलाई लक्षित गर्दै महानगरले मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो।
यो सूचना अटेरी गर्नेलाई नियमानुसार कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णद्धारा जारी सूचनामा उल्लेख छ ।